इरानको विश्वबिद्यालयमा एक महिला छात्राद्वारा कपडा फुकालेर बिद्रोह,हिंस्रक रुपमा गिरफ्तार !

एजेन्सी । इरानको तेहरान स्थित इस्लामिक आजाद विश्वविद्यालयकी एक महिला छात्राले हिजाव (बुर्का) लगाउने नियम बिरुद्ध कपडा फुकालेर बिद्रोह गरेकी छिन् ।

आफ्नो विश्वविद्यालयको छेउमा उनले भित्री बस्त्र मात्रै लगाएर बिरोध गरेकी हुन् ।  ती महिला  विद्यार्थीले आफ्नो अंडरवेयर समेत फुकाल्न खोजेकी थिइन्, जसलाई केही विद्यार्थी र अधिकार समूहहरूले देशको कडा इस्लामिक ड्रेस कोडको बिरूद्ध विरोध भएको बताएका छन् । अहिले सामाजिक सञ्जालमा भाइरल भएको र माननव अधिकारवादी संस्था  एम्नेस्टी इन्टरनेसनलले सेयर गरेको  भिडियोमा ती छात्रा अन्डरवेयर लगाएर र कपाल फिजाएर बसेकी छिन् । उनले अरु आफ्ना सहकर्मी विद्यार्थीहरूतर्फ इशारा गर्दै उनीहरुले अनुहार र शरीर ढाक्ने गरी लगाएको बुर्का तर्फ देखाइन् । 

त्यसैगरी अर्को भिडियोले उनलाई विश्व बिद्यालय परिसरबाट सडकमा हिंडिरहेको देखाउँछ, त्यतिबेला सम्म पनि उनले लुगा लगाएकी छैनन् ।  लुगा नलगाएको अवस्थामा, त्यहाँ उनलाई इरानी पुरुषहरूको समूहले  घेरेर कारमा हालेर त्यहाँबाट टाढा लैजान्छन्। एम्नेस्टीले ती महिला छात्राले तेहरानको इस्लामिक आजाद विश्वविद्यालयमा ड्रेस कोडको “अपमानजनक कार्यान्वयन“ को विरोध गरेपछि हिंस्रक रूपमा गिरफ्तार भएको बताएको छ।

इरानी विद्यार्थीको सामाजिक सञ्जाल च्यानल अमिर कबीर न्यूजलेटरका अनुसार युनिभर्सिटीको मैदानभित्र इरानी स्वयंसेवी अर्ध सैनिक समूह बसिजका सदस्यहरूले महिलालाई  उत्पीडन गरेका थिए । बिश्व बिद्यालयको जनसम्पर्क निर्देशकले ती महिला मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको दाबी गरेका छन् । तर त्यो गलत कुरा भएको बताइएको छ। इरानमा तथाकथित नियम भन्दै इस्लामिक कानूनको कडा व्याख्या अन्तर्गत महिलाहरूका लागि सार्वजनिक रूपमा हिजाब (बुर्का) लगाउनु अनिवार्य छ।महिलाले अनुहार समेत ढाक्नुपर्ने कानुन छ ।  

इरानी महिलाहरूलाई सानातिना कुरा उल्लंघनका घटनामा पनि कठोर सजाय दिइन्छ।सन् २०२२ मा हिजाव अर्थात बुर्का नलगाई आफ्नो इच्छा अनुसारको पहिरन लगाउन पाइनु पर्ने भन्दै आवाज उठाउने एक युवतीको प्रहरी हिरासतमै हत्या गरिएको थियो । प्रहरीको हिरासतमा मारिएकी २२ वर्षीया ती युवती  महसा अमिनीले टाउकोमा राम्रोसँग बुर्काले नढाकेको आरोप इरानी प्रहरीले लगाएको थियो । उनको मृत्युपछि ड्रेस कोडको विरुद्धमा इरानभर विरोध प्रदर्शनहरू भड्किए। त्यसबेला कैयन मानिसले ज्यान गुमाएका थिए । 

मानव अधिकारवादी संस्था एम्नेस्टीले आजाद युनिभर्सिटीकी ती छात्राको तत्काल र बिना शर्त रिहाइको लागि आह्वान गरेको छ । अमेरिकी समाचार संस्था सीएएनले जनाए अनुसार ती महिला छात्रकाको  परिवार र वकिललाई भेट्न समेत दिइएको छैन । 

मानव अधिकार अभियानकर्ताहरूले गिरफ्तारीको क्रममा ती महिलाछात्रा माथि भएको कुटपिट र यौन हिंसाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन् । यसैबीच उनको बिश्व बिद्यालयले भने ती महिला छात्रा दुई सन्तानकी आमा थिइन्, आफ्नो पतिबाट छुट्टिएकी थिइन्,मानसिक रोगी थिइन भनेर भनेको जनाइएको छ । तर उनको परिवार र सहकर्मी यो मान्न तयार छैनन् । विश्व बिद्यालयको भनाई गलत भएको परिवारको भनाई छ । तानाशाही सरकारका कारण इरानमा स्वतन्त्रताको कुरा त्यहाको सरकारले सुन्न चाहदैन ।

भिडियोको लागि यँहा क्लिक गर्नुहोस् । स्रोत एमनेष्टी इन्टरनेशनल ।

 

 
 

प्रतिक्रिया