उत्तराखण्डको अल्मोडामा बस दूघर्टना हुँदा २२ जनाको मृत्यु

नयाँदिल्ली । सोमबार बिहान उत्तराखण्डको अल्मोडाको मार्चुलामा यात्रु खचाखच रहेको बस दूघर्टनामा परेको छ । बस अनियन्त्रित भएर भिरमा खसेको थियो । स्थानीय बासिन्दाको सहयोगमा यात्रुहरूलाई निकाल्ने काम भइरहेको छ ।

बस दुर्घटनामा २२ जनाको मृत्यु अल्मोडा जिल्ला प्रकोप व्यवस्थापन अधिकारी विनीत पालले बीबीसी हिन्दीलाई भनेका छन् । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पठाइएको छ ।

रामनगर जाँदै गरेको बस सल्टनजिकै कोपी भन्ने ठाउँमा खसेको थियो ।  ‘दुर्घटनामा मारिएकाहरूको शव निकाल्ने काम भइरहेको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।’ अल्मोडाको साल्ट क्षेत्रका एसडीएम अधिकारी सञ्जय कुमारले भनेका छन् ।
 
बसमा फसेकाहरूलाई बाहिर निकाल्ने काम भइरहेको बताइएको छ । अल्मोडामा भएको बस दुर्घटनाबारे उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले विपद् व्यवस्थापन सचिव आयुक्त कुमाऊँ मन्डल र अल्मोडाका डीएमसँग फोनमा कुरा गरेर जानकारी लिएका छन् ।

यस क्रममा उनले उद्धार र राहत कार्यलाई शीघ्रता दिन निर्देशन दिएका छन् । एसडीआरएफसँगै एनडीआरएफको टोली पनि घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया