पूर्व मुमा बडामहारानी रत्न अस्पताल भर्ना
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहकी आमा पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन् ।
९७ वर्षीया पूर्व मुमा बडामहारानी शाहको स्वास्थ्यमा अचानक समस्या आए पछि थापाथली स्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको बताइएको छ ।
बृद्ध शरीर भएकाले अझ स्वास्थ्य नबिग्रियोस् भनेर ‘अब्जरभेसन’का लागि अस्पताल भर्ना गरिएको बताइएको छ ।
प्रतिक्रिया