चीनमा जनशक्ति अभाव
एजेन्सी । चीनलाई जनशक्ति अभावले सताउन थालेको छ । विगतको एक सन्तान मात्र जन्माउने नीतिका कारण जनशक्ति अभाव हुन थालेको हो ।
चीनमा एक सन्तान नीति खारेज गरेर दुई सन्तान नीति लागू गरे पछि पनि जनसंख्या वृद्धिदरमा उल्लेख्य बढोत्तरी नभएको हो । सरकारले ठूला शहरहरूमा युवाहरूलाई विवाह गर्न र बच्चा जन्माउन प्रोत्साहन गर्ने परियोजनाहरू र कार्यक्रमहरू शुरू गरेपनि प्रभावकारी हुन सकेका छैनन ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सरकारले तीन सन्तान नीति लागू गरेपनि चिनियाँ दम्पतीहरूमा सन्तान जन्माउने खासै रुचि नदेखाएको बताइएको छ । जसका कारण सन् २०२४ को पहिलो नौ महिनामा विवाह दर्तामा उल्लेख्य कमी आएको छ ।
सन् २०२४ को पहिलो नौ महिनामा करिब १९ लाख ७० हजार सम्बन्धविच्छेद दर्ता भएका थिए । तर, गत वर्षको तुलनामा यस वर्ष ६ हजारले घटेको छ ।हाल चीनको जनसङ्ख्या १ अर्ब ४० करोड रहेको बताइन्छ ।
संयुक्त राष्ट्रसंघका अनुसार यस शताब्दीको अन्त्य सम्म चीनको जनसङ्ख्या आधाले घट्ने छ ।
प्रतिक्रिया