बाढी ग्रस्त क्षेत्रको भ्रमणमा गएका स्पेनका राजा माथि स्थानीयले हाने हिलो

एजेन्सी । स्पेनको भ्यालेन्सिया क्षेत्रको अवलोकनमा जाँदा त्यहाँका राजा फिलिपले व्यापक विरोधको सामना गर्नु परेको छ । 

भ्यालेन्सिया भ्रमणका क्रममा प्रदर्शनकारीहरूले राजा फिलिप माथि हिलो हानेका हुन् । उक्त घटना पछि लगत्तै सुरक्षागार्डहरूले छाता ओढाएर राजा फिलिपलाई जोगाएका थिए । भ्यालेन्सियामा भएको विरोध पछि राजा फिलिप र रानी लेतिजियाले आगामी भ्रमण रद्द समेत गरेका छन् । उनीहरूले अर्को बाढी प्रभावित क्षेत्र चिवाको भ्रमणमा जाने कार्यक्रम स्थगित गरेको अनतर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

चिवा भ्यालेन्सिया बाट करिब ३५ किलोमिटर पर रहेको छ । त्यस्तै, प्रधानमन्त्री पेड्रो सान्चेजको भ्यालेन्सिया भ्रमण पनि छोट्याइएको छ । भ्यालेन्सिया भ्रमणका क्रममा प्रधानमन्त्री सान्चेजको विरोध गर्दै स्थानीय नागरिकले प्रदर्शन गरेका थिए । साथै केही उनी माथि फोहोर फ्याँक्ने प्रयास समेत गरेका थिए । 

वर्षा बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले प्रयास नगरेको भन्दै स्थानीयहरूले विरोध गरेका हुन् । यसैबीच स्पेनको राष्ट्रिय मौसम विभागले भ्यालेन्सिया र आसपासका क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै चेतावनी जारी गरेको छ । 

असिना सहितको मुसलधारे भीषण वर्षाका कारण गत मंगलबार दक्षिणपूर्वी स्पेनमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २ नागेको छ । 
 

प्रतिक्रिया