विश्वकप लिग-२ : आज स्कटल्याण्ड र नेपाल भिड्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलामा नेपालले सोमबार स्कटल्याण्ड सँग खेल्दैछ । 

खेल अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा राति सवा दश बजे शुरु हुनेछ । श्रृंखलाको अन्तिम खेलमा नेपाले स्कटल्याण्ड सँग खेल्न लागेको हो । चोटका कारण करण केसीले यो खेल गुमाउने सम्भावना छ । 

आफ्नो पहिलो खेलमा अमेरिका सँग तीन विकेटले पराजित भएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । तेश्रो खेलमा नेपाल अमेरिका सँग ३७ रनले पराजित भएको थियो । लिग–२ मा नेपाल ११ खेलमा दुई जीत सहित पाँच अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । 

अमेरिका १२ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा छ । लिग–२ को तालिकामा क्यानडा १२ खेलमा १६ अङ्क सहित दोश्रो स्थानमा छ । नेपाल सहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएईले लिग–२ खेलिरहेका छन् । 

अहिले घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्ड बीच त्रिदेशीय शृङ्खला चलिरहेको छ । लिग टु का एघार खेल खेलिसकेको नेपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । तालिकाको सातौं स्थानमा रहेको नेपालको मात्र ५ अंक छ । 

दश खेलबाट १३ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ । गत भदौ २५ गते क्यानडा गएको नेपालले त्यही  भदौं ३१ र असोज ६ मा क्यानडा सँग र असोज २ र ८ मा ओमान सँग खेलेको हो । त्यहाँ बाट एक अंक बटुलेर अमेरिका गएको नेपालले २ अंक मात्र जोडेको छ । 
 

प्रतिक्रिया