इजरायलले गरेको ड्रोन आक्रमणमा परी २ जना लेबनानी स्वास्थ्यकर्मीको मृत्यु

एजेन्सी । दक्षिणी लेबनान र उत्तरी गाजाका अस्पतालमा इजरायली सुरक्षा फौजले गरेको ड्रोन आक्रमणमा परी दुई लेबनानी स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने एक प्यालेस्टिनी बालक गम्भीर घाइते भएका छन् । 

इजरायली सुरक्षा बलहरूले गाजाको उत्तरी क्षेत्र स्थित कमाल अदवान अस्पतालमा सोमबार बिहान आक्रमण गर्दा ती बालक घाइते हुनका साथै अस्पतालमा समेत क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

त्यस्तै, इजरायलले दक्षिणी लेबनानको एक स्वास्थ्य केन्द्रमा आक्रमण गर्दा दुई स्वास्थ्यकर्मीको ज्यान गएको हो । यसैगरी कमाल अदवान अस्पताल नजिकैको इन्डोनेशियन अस्पतालको गेट र पर्खालमा पनि इजरायली ड्रोनले आक्रमण गरेको छ । 

पछिल्ला दिनहरूमा इजरायलले उत्तरी गाजा र दक्षिणी लेबनानमा निरन्तर आक्रमण गरिरहेको समाचारमा उल्लेख छ । 
 

प्रतिक्रिया