अमेरिकी राष्ट्रपति चुनावमा ह्यारिसलाई महिलाहरुको समर्थन
एजेन्सी । अमेरिकामा राष्ट्रपतीय चुनाव आउन एक दिन मात्र बाँकी रहँदा मुख्य दुई प्रतिस्पर्धी मध्ये कुन उम्मेदवारले बाजी मार्छन् भन्नेमा विश्वभरको ध्यान केन्द्रित भएको छ ।
मुख्य प्रतिस्पर्धी रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका वर्तमान उपराष्ट्रपति कमला ह्यारिस निर्वाचन आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेका छन् ।
मंगलबार हुने निर्वाचनका लागि सुरक्षा लगायतका सम्पूर्ण तयारी पनि पूरा भएको छ । वासिङ्टनमा हजारौँ महिलाहरुले डेमोक्रेटिक उम्मेदवार ह्यारिस समर्थनमा प्रदर्शन गरेका छन् । प्रजनन स्वास्थ्य सेवामा पहुँचका लागि ह्यारिसको आह्वान प्रति जोडदार समर्थन गर्दै महिलाहरुले प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।
उपराष्ट्रपतिले रिपब्लिकन डोनाल्ड ट्रम्प विरुद्धको आफ्नो ह्वाइट हाउस अभियानमा गर्भपतन अधिकारलाई केन्द्रीय मुद्दा बनाएकी छन् । समर्थनमा उत्रिएका महिलाहरुले गर्भपतनको आवश्यकतामा जोड दिएका छन् । अन्य अमेरिकी शहरमा पनि सहयोगी मार्चहरू आयोजना गरिएका थिए ।
प्रतिक्रिया