बङ्गलादेशमा डेङ्गु सङ्क्रमणले एकै दिन १० जनाको मृत्यु

एजेन्सी । बङ्गलादेशमा डेङ्गुका कारण शनिबार एकै दिन यो बर्षको सबैभन्दा बढी १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३ सय १० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेसम्मको पछिल्लो २४ घण्टामा थप एक हजार ३४८ जनामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट सङ्क्रमित भएका थिए । 

डेङ्गु ज्वरो एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यो रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नीदुख्ने, ग्रन्थी सुन्निने, वान्ता हुने र चिलाउने जस्ता लक्षणसहित गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ ।

यस भाररसबाट यो बर्ष सङ्क्रमित हुनेको सङ्ख्या ६३ हजार १६५ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

यस वर्ष डेङ्गुका कारण अक्टोबरमा १ सय ३४ जना, सेप्टेम्बरमा ८० जना, अगस्टमा २७ जना र जुलाईमा १२ जनाको मृत्यु भएको थियो । बङ्गलादेशमा सन् २ हजार २३ जना डेङ्गुका कारण एक हजार ७ सय ५ जनाको मृत्यु भएको थियो ।

सन् २०२२ मा २८१ र सन् २०१९ मा १ सय ७९ जनाको डेङ्गुका कारण मृत्यु भएको थियो । 
 
डेङ्गुको बढ्दो सङ्ख्यासँग जुध्न बङ्गलादेशी स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न कडा उपाय चालेका छन् ।

प्रतिक्रिया