बेलायतको कन्जरभेटिभ पार्टीको नेतामा बदेनोच निर्वाचित

एजेन्सी । बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी बदेनोच निर्वाचित भएकी छन् । 

पार्टीका तर्फ बाट जुलाईमा भएको आम निर्वाचनमा पार्टीको खराब प्रदर्शन पछि राजीनामा दिएका ऋषि सुनकको स्थानमा ‘एन्टी–वोक’ उम्मेदवार बदेनोच चयन भएकी हुन् । 

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पूर्व अध्यागमन मन्त्री रोबर्ट जेनरिक सँगको प्रतिस्पर्धामा ४४ वर्षीय बदेनोचले ५७ प्रतिशत मत प्राप्त गरेकी छिन् ।  जात, लिङ्ग र एलजिबिटी अधिकारको इन्कार जस्ता सामाजिक असमानताहरूको व्यापक जागरूकतालाई सन्दर्भित गर्न सन् २०१० पछि ‘एन्टी वोक’ अभियानको प्रयोग गरिन थालिएको थियो । 

पार्टी नेता निर्वाचित भएपछि बदेनोचले पार्टीको नेता बन्नु ठूलो सम्मान भए पनि काम कठिन भएको बताइन् । उनले गल्ती गरेको तथ्यप्रति इमानदार हुनुपर्ने भन्दै मानकहरू थप खस्किने अवस्थामा देखिएको बताइन् ।  

१४ वर्ष सत्तामा रहेर गत जुलाईमा सत्ता बाट हटेको विभाजित र कमजोर पार्टीलाई पुनः एकताबद्ध गर्ने चुनौतीपूर्ण कार्य अहिले जुझारु पूर्वमन्त्री समक्ष आएको छ 
 

प्रतिक्रिया