वन मन्त्री ठकुरी स्वदेश फिर्ता

काठमाडौं  ।  वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी कोलम्बियामा भएको जैविक विविधता महासन्धि सम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा वन सचिव डा. दीपककुमार खराल लगायत उच्च अधिकारीले स्वागत गरेका थिए । 

कोलम्बियाको काली शहरमा यही अक्टोबर २६ देखि ३१ तारिख सम्म भएको सम्मेलनमा मन्त्री शाहीले दुई विषयका उच्चस्तरीय बैठकलाई अक्टोबर २९ र ३० तारिखमा सम्बोधन गरेका थिए । 

उनले ‘प्रकृति र शान्ति’ तथा ‘जैविक विविधता र वित्त’ विषयका दुई सत्रका छलफललाई सम्बोधन गरी नेपालले जैविक विविधताका क्षेत्रमा हासिल गरेको उपलब्धि बारेमा जानकारी गराएका थिए । 

वन वातावरण मन्त्रिस्तरीय बैठकमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार त्यस तर्फ प्रस्थान गरेका थिए । 
रासस 

प्रतिक्रिया