थाई एअर एसियाको बैंकक-भैरहवा उडान शुरु

भैरहवा । थाई एसिया एयरलाइन्स बैङ्कक–भैरहवा–बैङ्कक उडान आज (आइतबार)देखि शुरु गरेको छ । 

आज बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्य सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

“सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्य सहित थाई एसियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो”, विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने, “अब २३ कात्तिक देखि सातामा दुई पटक नियमित उडानको तालिका रहेको छ ।”

थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारी सहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए । थाई एयर एसियाको केही दिन अघि मात्र भैरहवा र पुनःउडान काठमाडौंमा शुरु गर्न अनुमति पाए लगत्तै उडान शुरु भएकाले टिकट बिक्री लगायत बजार प्रवर्द्धनको काम भएको थिएन ।

भैरहवा बाट बैङ्कक तर्फ एकतर्फी सुरुआती भाडादर १२ हजार रहेको जनाइएको छ । एयर एसियाको यो विमान बिहान ७ः४० बजे बैङ्कक प्रस्थान गरिसकेको छ ।
रासस 

प्रतिक्रिया