सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप हुनु हुँदैन :  प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताएका छन् । 

नेपाल संवत् नयाँ वर्ष ११४५ का अवसरमा शनिबार मूल समारोह समितिले काठमाडौंको वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दे यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै हाम्रा संस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुनेमा जोड दिए ।

प्रतिक्रिया