संखुवासभा कारागारमा झडप हुँदा दुई कैदीबन्दीको मृत्यु

संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । नुवाकोटको ककनी घर भएका आकाश बलामी र संखुवासभा मादी घर भएका विनोद तोलांगीको झडपमा ज्यान गएको हो । मंगलबार राती उनीहरु शौचालयमा रहेको फलामको डण्डी काटेर भाग्न लागेका थिए । उनीहरुको प्रयास असफल भएपछि कारगारमा रहेका प्रहरीले नियन्त्रणमा लिएर जेलमा राखेका थिए । त्यसपछि जेलमा रहेका अन्य कैदीबन्दीले दुईजनालाई मरणासन्न हुने गरि कुटपिट गरेको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरेपनि उपचारका लागि अस्पताल लैजादै गर्दा दुबैको ज्यान गएको बताइएको छ । घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ ।। 

प्रतिक्रिया