महोत्तरीमा हतियारधारी समूहले आक्रमण गर्दा १ जना घाइते
जनकपुरधाम । महोत्तरीको भंगहामा हतियारधारी समूहको आक्रमणमा एकजना घाइते भएका छन् ।
घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आज बिहान ५ बजे घाइतेमाथि तीनजनाको हतियारधारी समूहले आक्रमण गरेका हुन् ।
तरबारको आक्रमाणले शरीरको दुई ठाउमा घाउ लागेको छ । घाइते स्थानीय चिया पसले हुन् । चिया पसल खोलिरहेको बेला अचानक घाइतेमाथि आक्रमण भएको स्थानीय बताउँछन् ।
घटनास्थलाटबाट एउटा मोटरसाइकल, तरबारको खोल बरामद भएको छ । मोटरसाइकलमा आएका हतियारधारीले अचानक तरबार प्रहार र एक राउन्ड गोली समेत प्रहार गरेको प्रत्यक्षदर्शीले दाबी गरेका छन् । ताए । यद्यपि गोली उनलाई नलागेको स्थानीयको दाबी छ ।
गोली चलेको कुरा एकिन नभएको र बुझ्ने काम भइरहेको प्रहरीको भनाइ छ । क्रमण गर्नेहरु गाउँकै तीनजना रहेको पहिचान भएको उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रतिक्रिया