राष्ट्रपति पौडेलले गरे गाई पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले शनिबार गाई पूजा गरेका छन् । 

कात्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने परम्परा रहेको छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका हुन् । 

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्यु पछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ । 

तिहार अर्थात् यमपञ्चक अन्तर्गत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।
रासस 

प्रतिक्रिया