गाजामा पोलियो खोप शनिबार पुनः शुरु हुने
एजेनसी । उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको दोस्रो चरण शनिबार देखि शुरु भएको छ ।
इजरायली बमबारीले खोप अभियान रोकेकोमा राष्ट्रसंघले त्यसलाई निरन्तरता दिएको हो । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले कभर गरिएको क्षेत्र पहिलो खोप चरणको तुलनामा उल्लेख्य रूपमा घटाइएकाले केही बालबालिकालाई असुरक्षित र सङ्क्रमणको उच्च जोखिममा रहेको बताएका छन् ।
गाजा क्षेत्रमा पोलियो खोपको अन्तिम चरण अघि बढ्न सक्ने घोषणा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायल सँग अभियान तुरुन्त पूरा गर्न आग्रह गरेको एक दिन पछि आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
घेराबन्दीमा रहेको प्यालेस्टिनी क्षेत्रमा पोलियोको पहिलो केस २५ वर्ष पछि पुष्टि भए सँगै खोप अभियान सेप्टेम्बर १ मा शुरु भएको थियो । पहिलो चरणको खोप गाजा क्षेत्रभरि पूरा गरियो र प्रतिरोधात्मक क्षमता निर्माण गर्न आवश्यक दोस्रो चरण अक्टोबर १४ मा अनुसूची अनुसार शुरु भयो । युद्धमा मानवीय विरामको सहययोगमा पहिले केन्द्रीय गाजामा र त्यसपछि दक्षिणमा खोप अभियान शुरु भएको हो ।
हमास लडाकुहरूलाई त्यहाँ पुनः सङ्गठित हुन नदिने उद्देश्यले इजरायलले गत महिना उत्तरी गाजामा ठूलो हवाई र स्थल आक्रमण गरे पछि खोप अभियान प्रभावित भएको थियो ।
प्रतिक्रिया