नागरिकता समस्या समाधान गर्न कानुन मस्यौदा भैरहेको छ: गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम मस्यौदा पूरा भइसकेको र आगामी मन्त्रीपरिषद् बैठकमा पेस हुने बताएका छन । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय आइसकेपछि नियमावलीको अन्तिम मस्यौदा मन्त्रीपरिषद्मा पेस हुने जानकारी दिएका हुन । मन्त्री श्रेष्ठले नेपाली महिलाले विदेशी बाबुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्नेकुरा संविधान र कानूनसँग मेल नखाने भन्दै नियमावलीमा त्यसलाई व्यवस्था गर्न नसकिने बताए । 
उपप्रधानमन्त्री श्रेष्ठले अंगिकृतको लागि पहिला निस्सा चाहिनेमा अहिले स्वघोषणा भए पुग्ने दाबी  समेत गरे । 

प्रतिक्रिया