स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको संख्या २ सय पुग्यो

एजेन्सी । असिना सहितको मुसलधारे भीषण वर्षाका कारण मंगलबार दक्षिणपूर्वी स्पेनमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २ सय पुगेको छ । 

कैयौं बेपत्ता भएका कारण स्थानीय अधिकारीले ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने बताएका छन् । मंगलबार भ्यालेन्सिया नजिकैको चिभा शहरमा वर्षभरिमा पर्ने पानी आठ घण्टामै परेको थियो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाढी बाट सडक, रेल मार्ग र पुल भत्किएका छन्  कैयौं फराकिला क्षेत्र जलाम्य भएका छन । सडकहरूमा बाढीले बगाएर ल्याएका सवारीसाधनको थुप्रो लागेका छन् । भारी वर्षा र असिनाले देशका अधिकांश भूभाग प्रभावित भएको छ । 

उडानका साथै यातायात सेवा अवरुद्ध छ । बेलेरिक टापुमा पनि व्यापक क्षति र मानिस हताहत भएको समाचारमा उल्लेख छ । शनिबार पनि स्पेनका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेका त्यहाँका मौसमविद्हरूले जनाएका छन् ।

प्रतिक्रिया