‘उफ् मार्यो नी मायाले’
काठमाडौं । ‘उसको एक झलक मुस्कानै अलग, उफ् मार्यो नी मायाले’ ‘चञ्चल ती नयन अन्दाजै फरक, उफ् मार्यो नी मायाले’ पछिल्लो केहि दिन यता सामाजिक सञ्जाल टिकटक, इन्स्टाग्राम र फेसबुकमा यो क्लिप्समा छ्यापछ्यात्ति भिडिओ र रिल्स देख्न सकिन्छ । अहिले यी शब्दमा टिकटक र भिडिओ नबनाउने सायदै होलान् । यी शब्द सुनिरहँदा सुनौं सुनौं पनि जस्तो लाग्दछ । प्रेमील जोडिहरुका लागि माथि उल्लेखित शब्द सुन्दा सुनमा शुगन्ध थपे जस्तै हो ।
गायक सुशान्त केसीको ‘बार्दली’ गीत युट्युवमा सार्वजनिक भएको छ । हो, माथि सुरुमा उल्लेख गरिएका शब्द शुसान्त केसीको नयाँ गीत ‘बार्दली’ बाट साभार गरिएको हो । गत आइतबार रिलिज भएको गीतलाई शुक्रबार बेलुकी सम्म ३२ लाखभन्दा धेरै पटक हेरिएको छ ।
गीत सार्वजनिक भएको ५ दिनपछि युट्युव ट्रेन्डिङको चौथो स्थानमा र युट्युवको संगीत विधामा पहिलो स्थानमा परेको छ । यो गीत २४ घण्टा नपुग्दै युट्युवको संगीत विधाको दोस्रो स्थानमा ट्रेन्डिङमा परेको थियो ।
शब्द र संगीत स्वयम् सुशान्त केसीको रहेको यस गीतमा इन्द्रकला राई र शुसान्त केसीको स्वर छ । अन्जोन लिम्बुले निर्देशन गरेको गीतको भिडिओलाई अशोक अधिकारीले सम्पादन गरेका हुन् ।
यस गीतको म्यूजिक भिडिओमा सुशान्तसँगै आकृति राजभण्डारी, शशांक बोहरा, आन्ना शर्मा, निश्चल बस्नेत, सृष्टि श्रेष्ठ र स्वस्तिमा खड्कालाई पनि अभिनयमा देख्न सकिन्छ ।
आफुले मन पराएको मान्छेसँग भेट हुँदा उसको बयान गरेर फकाउन र आफ्नो बनाउन केटाले केटीलाई मोबाइल नम्बर माग्नेदेखि अनेकन प्रयास गरिरहेको भिडिओमा देखिन्छ ।
गीतको शब्द संगीत जस्तो प्रेम भावको छ । भिडिओमा पनि उस्तै किसिमको मेहनत गरेको देखिन्छ । बाँकी एकपटक गीत हेर्न सिफरिस ।
प्रतिक्रिया