देशभर डेंगु संक्रमणवाट मृत्यु हुनेको संख्या बा¥ह पुग्यो
दीर्घरोगी, जटिल स्वास्थ्यस्थिती भएका र बुढापाका जोखिममा
यो बर्ष डेंगु संक्रमणवाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु हुने ११ जना धरान र एकजना पाल्पाका हुन । मृत्यु भएकामध्ये अधिकांश दीर्घरोगी, जटिल स्वास्थ्यस्थिती भएका र बुढापाका रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । तर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानले भने संक्रमणवाट मृत्यु हुनेमा १० बर्षे बालिकादेखि २० बर्षिया युवतीसम्म रहेको जनाएको छ । गतबर्ष गरिएको अध्ययनमा पनि डेंगुवाट मृत्यु हुने ८८ जनामध्ये अधिकांशमा दीर्घरोग देखिएको थियो । यो बर्ष डेंगु संक्रमण कोशी र विशेष गरि सुनसरीमा महामारीकै रुपमा देखिएको छ । यो बर्ष हालसम्म फेला परेका संक्रमितमध्ये ५३ प्रतिशत भन्दा धेरै सुनसरी र ७३ प्रतिशत कोशी प्रदेशका रहेका छन डेंगुले बृद्धाबस्था र दीर्घरोगीलाई बढी समस्या पार्ने भएकाले सतकर्ता आवश्यक भएको स्वास्थ्यकर्मी बताउछन । जाडो समय नआएसम्म डेंगु नघटने अघिल्लो बर्षको तथ्यांकले पनि देखाउछ । त्यसैले दिनमा टोक्ने लामखुट्टेबाट बच्न र लामखुट्टे नष्ट गर्ने अभियान नै चलाउनुपर्ने चिकित्सकहरुको भनाइ छ । हालसम्म देशभर सात हजार भन्दा बढीमा डेंगु संक्रमण पुष्टि भैसकेको छ ।।
प्रतिक्रिया