नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा
अविरल बर्षासँगै आएको पहिरोले अबरुद्ध नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका छ कालीखोला लगायत नारायणगढ मुग्लिन सडकका विभिन्न ठाउँमा खसेको पहिरो हटाएपछि सडक एकतर्फी खुलेको हो । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अबरुद्ध हुँदा रोकिएका यात्रु गन्तब्यतर्फ लागेका छन । बर्षातको समयमा मुख्य राजमार्ग अबरुद्ध हुँदा पटक पटक यात्रुले सास्ती ब्यर्होदै आएका छन । पहिरोकै कारण बीपी राजमार्ग सिन्धुलीमा अबरुद्ध भएको छ । बाढीले अरनिको राजमार्गको बनेपामा पनि सवारी आवागमन प्रभावित भएको छ । अबरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । त्यस्तै कैलालीमा पहिरोले भिमदत्त राजमार्ग अबरुद्ध भएको छ । कैलालीको गोदाबरी नगरपालिकाको बुढीखोला र खानीडाँडा क्षेत्रमा पहिरो जाँदा सडक अबरुद्ध भएको हो । काठमाडौं आउने बैकल्पिक सडक कान्ति राजपथपनि अबरुद्ध छ । काठमाडौं आउने अर्को मदनभण्डारी मार्गपनि अबरुद्ध छ ।
प्रतिक्रिया