भारी बर्षाका कारण काठमाडौं उपत्यकाका अधिकांश स्थल जलमग्न

बागमती, बिष्णुमति र मनोहरा किनाराका बस्तीमा बाढी पस्यो

अबिरल बर्षासँगै आएको बाढीले काठमाडौ उपत्यकाका विभिन्न स्थान डुवानमा परेक छन । काठमाडौंमा रातभर परेको पानीले बागमती,विष्णुमति र अन्य साना खोला किनाराका बस्तीहरु डुवानमा परेका हुन । काठमाडौंको टेकुस्थित सुकुम्बासी बस्ती डुवानमा परेको छ । बागमती विष्णुमतिले सतकर्ता तह पार गरेको बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । अविरल बर्षापछि सामाखुसी आसपासका बस्तिहरु पनि डुवानमा परेका छन । बर्षाले धुम्बाराहीको तरकारी बजार अकामा होटल र आसपासको बस्तीपनि जलमग्न भएको छ । चाबहिल कपनका घरहरु पनि जलमग्न भएका छन । बल्खु तरकारी बजारमा पनि बाढी पसेर ४ सय मध्ये ३ सय ७० वटा पसलमा क्षति पु¥याएको छ । बर्षापछिको पहिरोले भक्तपुरको चागुनारायण १ मा बीरबहादुर केसीको घर भत्किएको छ । बाराहीस्थान, सिद्धीस्मृति अस्पताल लगायतका क्षेत्र डुवानमा परेका छन । धोबीखोला र मनोहरा खोलामा पनि जलसहत बढेको छ । बाढी पुर्वानुमान महाशाखाले दिउसोसम्म थप बाढी आउनसक्ने भएकाले सतकर्ता अपनाउन आग्रह गरेको छ । 

प्रतिक्रिया