३ महिनामा २ करोड १४ लाख राजस्व सङ्कलन

सप्तरी । राजविराज स्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा २ करोड बढी राजस्व सङ्कलन गरेको छ । 

सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारी बाट आर्थिक वर्ष २०८१/८२ को साउन देखि असोज सम्ममा २ करोड १४ लाख ६ हजार १ सय २० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए । 

सवारीसाधन कर बाट १ करोड ३६ लाख ५ हजार ५ सय २५, यातायात क्षेत्रको आम्दनी बाट ६५ हजार ९ सय १० र सवारी दर्ता किताबापत २५ लाख ४३ हजार १ सय ८५ राजस्व सङ्कलन भएको छ ।

यस्तै, सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार ५ सय राजस्व सङ्कलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालय बाट आर्थिक वर्ष २०८०/८१ मा १३ करोड ८५ लाख ५८ हजार १ सय ५१ राजस्व सङ्कलन भएको थियो भने  २०७९/८० मा ७ करोड ५६ लाख २५ हजार ४ सय ७५ सङ्कलन भएको थियो ।

प्रतिक्रिया