इजरायली सेनाको आक्रमण बाट गाजा र लेबनानमा स्वास्थ्यकर्मी सहित १ सय ४० जनाको मृत्यु
एजेन्सी । इजरायली सेनाको आक्रमण बाट गाजा र लेबनानमा स्वास्थ्यकर्मी सहित १ सय ४० जनाको मृत्युको मृत्यु भएको छ ।
बिहीबार राति र शुक्रबार बिहान भएको घटनामा १ सय ४० जनाको ज्यान गएको हो । इजरायली आक्रमण बाट गाजामा मात्रै ९५ जनाको मृत्यु भएको छ । जसमा अधिकांश गाजाको उत्तरी क्षेत्रका बासिन्दा रहेको अन्तर्राष्ट्रिउ सञ्चार माध्यमले जनाएका छन् ।
त्यस्तै, लेबनानमा ६ स्वास्थ्यकर्मी सहित ४५ जनाको ज्यान गएको छ । यसैगरी उत्तरी इजरायलमा हिज्बुल्लाहको रकेट आक्रमण बाट ७ जनाले ज्यान गुमाएका छन् । जसमा ४ विदेशी कामदार र ३ इजरायली रहेका छन् ।
सन् २०२३ को अक्टोबर ७ यता गाजामा इजरायलले गरेको आक्रमणले ४३ हजार २ सय ४ प्यालेस्टिनीको मृत्यु भएको छ । यसैदिन हामासले गरेको आक्रमण बाट इजरायलमा १ हजार १ सय ३९ जनाको ज्यान गएको थियो । साथै २ सय भन्दा बढी मानिसलाई बन्धक बनाइएको छ । गाजामा युद्ध शुुरु भए देखि लेबनानमा भएको इजरायली आक्रमण बाट २ हजार ८ सय ६५ जनाको मृत्यु भएको समाचारमा उललेख छ ।
प्रतिक्रिया