पटकाजन्य पदार्थ ओसारपसार गर्नेलाई तीन वर्ष कैद
पटकाजन्य पदार्थ ओसारपसार गर्नेलाई तीन वर्ष कैद
काठमाडौं । तिहारमा पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्ष सम्म कैद तथा ३० हजार रुपैयाँ सम्म जरिवाना हुन सक्ने चेतावनी प्रहरीले दिएको छ ।
नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम सो कारबाहीको व्यवस्था अनुसार कारबाही गर्ने प्रहरीले जनाएको हो । अपराध संहितामा पटका र पटकाजन्य पदार्थहरुको अवैध प्रयोग ओसारपसार गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद र ३० हजार सम्म जरिवाना पनि गर्ने व्यवस्था छ ।
पटकाजन्य पदार्थको प्रयोगले वातावरणीय प्रदूषणका साथसाथै दुर्घटना पनि निम्त्याउने भएकोले नेपालको कानूनले यस्ता पदार्थको अवैध आयात, ओसारपसार, भण्डारण र बिक्रीवितरण गर्ने जोसुकैलाई कानूनले सजायको भागेदार बनाउने प्रहरीको भनाइ छ ।
पटका प्रयोगका कारण बालबालिका घाइते हुने, वृद्धवृद्धाको मुटु हल्लिने, कानमा असर पर्ने लगायतका अवस्था सिर्जना हुने भएकाले विशेष ध्यान दिनुपर्ने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया