सदनको अवरोध हटाउने विषयमा सभामुखसहित प्रमुख दलका शीर्ष नेताहरु छलफलमा
सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सभामुख घिमिरे सहित हिजो बसेको बैठकमा सहमति जुटन नसकेपछि आज पनि छलफल हुन लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरु सहभागी छन । प्रमुख प्रतिपक्ष एमालले विमानस्थलवाट भएको एक क्वीन्टन सुन प्रकरणवारे छानविन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आएको छ । सरकारले भने सरकारी संयन्त्रले नै छानविन अघि बढाइरहेकाले अर्को समिति आवश्यक नहुने बताउदै आएको छ ।
प्रतिक्रिया