जुम्लामा २० हजार ५ सय ११ मेट्रिक टन स्याउ उत्पादन

जुम्ला । यो वर्ष जिल्लामा २० हजार ५ सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । 

कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ४ हजार २ सय ५० हेक्टरमा लगाएका स्याउ बाट २० हजार ५ सय ११ मेट्रिक टन (४६ क्विन्टल्र) स्याउ उत्पादन भएको छ ।

यहाँका ८ वटै स्थानीय तहको स्याउ विक्रि बाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए ।  जस मध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।

ट्रक, बस, जिप तथा हाइस र जहाज बाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले भने, “बस बाट एक हजार ६ सय ६० मेट्रिक टन, जिप र हाइस बाट ६ सय ६४ मेट्रिक टन र जहाज बाट ७४ मेट्रिक टन स्याउ निर्यात भएको छ । 

त्यस्तै, मालवाहक ट्रक बाट ६ हजार ९ सय ९३ मेट्रिक टन स्याउ निर्यात भएको छ । ८ सय ३७ जना स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन् । जुम्ली किसानले प्रति केजी सरदर मूल्य  ६० मा स्याउ बेचेको कार्यालय प्रमुख देवकोटाको भनाइ छ ।
रासस 

प्रतिक्रिया