बागमती प्रदेशमाथि लुम्बिनीको शानदार जित

नरेश स्मृती यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

काठमाडौं । विराटनगरमा जारी नरेश स्मृती यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ ।

चौथो खेलमा आफ्नो जित निकाल्दै बिहीवार लुम्बिनीले बागमती प्रदेशमाथि १ सय २ रनले जितेको हो । लुम्बिनी प्रदेशले दिएको २ सय ७९ रनको लक्ष्य पछ्याएको बागमतीले ४४.४ ओभरमा अल आउट हुदै १ सय ७६ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो । 

लगातार चौथो जितमा ८ अंकका साथ लुम्बिनी शीर्ष स्थानमा छ । लगातार दोस्रो हारका साथ बागमती प्रदेश पाँचौ स्थानमा रहेको छ । 

कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।
 

प्रतिक्रिया