एमालेद्वारा राष्ट्रिय सभा बैठकमा अबरोध, सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समितिको माग
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा अवरोध कायमै राखेको छ । आजको बैठकमा पनि एमालेले अवरोध कायमै राखेको हो । एमाले सांसद दिलकुमारी रावल पार्वतीले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन नभएसम्म बैठक चल्न नसक्ने बताइन् । एक क्विन्टल सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने उनको माग छ ।
अबरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले पनि आजकै बैठकबाट समस्याको निकास निकाल्न सदनको रोष्ट्रमबाट शीर्ष नेताहरुलाई ध्यानाकर्षण गराए । एमालेले अवरोध कायम राखेपछि बैठक बुधबार बस्नेगरी स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले सुनकाण्डबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै पछिल्लो दुई सातादेखि संसदमा अवरोध गर्दै आएको छ । प्रतिपक्षको अवरोधका कारण बैंठक नियमित एजेण्डामा प्रवेश गर्न सकेका छैनन ।
प्रतिक्रिया