सकियो रवि लामिछानेको बयान, तिहारपछि मात्रै अदालत उपस्थित गराइने
काठमाडौं । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
गोरखा मिडियामा रकम व्यस्थापन र परिचालन आफूले नगरेको उल्लेख गर्दै उनले सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, सेयर सदस्य कतै नभएकाले ऋण नलिएको बयान दिए ।
गोरखा मिडियामा पोखराको सूर्यदर्शन बचत तथा सहकारीको रकम नियमविपरीत ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो ।
कात्तिक २ गते पक्राउ गरी ३ गते बिहान पोखरा ल्याइएपछि उनलाई जिल्ला सहकारी वकिलको कार्यालयमा लागि बयान लिने क्रम सुरु भएपनि बुधबार बयान लिइसकिएको हो ।
लामिछानेको बयान बुधबार अबेरसम्म जिल्ला न्यायाधीवक्ता कमला काफ्ले र यो प्रकरणका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले प्रमाणित गरेका छन ।
रास्वपा सभापतिसमेत रहेका लामिछानेलाई पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिन म्याद थपिएपछि बुधबार थपिएको म्याद सकिएको छ । बिहीबारबाट तिहार बिदा सुरु भएकाले उनलाई तिहार बिदा सकिएपछि कात्तिक २० गते अदालत उपस्थित गराइने भएको हो ।
पोखराको सूर्यदर्शन सहकारीमा १ अर्ब ३५ करोड अपचलन भएपनि साढे ५ करोड गोरखा मिडियामा गएको देखिन्छ भने १ करोड रवि लामिछानेकै नाममा सहकारीबाट जम्मा भएको देखिन्छ ।
प्रतिक्रिया