४ महिनामा १ करोड ६० लाख राजस्व सङ्कलन
सुनसरी । सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले चालु आर्थिक वर्षको चार महिनामा १ करोड ६० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण अभियानअन्तर्गत जिल्लाको विभिन्न स्थानबाट १ करोड ६० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।
उनका अनुसार गत साउनमा ४७ लाख ३४ हजार चार सय ६९, भदौमा ६१ लाख पाँच हजार पाँच सय दुई, असोजमा ३२ लाख नौ हजार पाँच सय ३६ र कात्तिकको हालसम्म १९ लाख ५३ हजार छ सय ३७ राजस्व सङ्कलन भएको हो ।
सीमा क्षेत्रमा हुने चोरीतस्करी नियन्त्रणका क्रममा विभिन्न किसिमका भन्सार छलीका सामग्री पक्राउ गरेर भन्सार कार्यालयमा बुझाउँदा सो बराबरको राजस्व सङ्कलन भएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।
उनका अनुसार सशस्त्र प्रहरी बल ४ नम्बर गण मातहत सुरक्षा पोष्ट र बिओपीबाट राजस्व सङ्कलन हो ।
प्रतिक्रिया