क्षयरोगका बिरामीको सङ्ख्या सर्वाधिक उच्च : डब्लुएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लूएचओले गत वर्ष विश्व भर ८२ लाख नयाँ क्षयरोग टीबीका बिरामी पत्ता लागेको बताएको छ । यो सङ्ख्या सन् १९९५ देखि संगठनले विश्वव्यापी टिबी अनुगमन शुरु गरेयता सबै भन्दा बढी हो ।
डब्लूएचओले जारी गरेको पछिल्लो प्रतिवेदनले टीबी विरुद्धको विश्वव्यापी लडाइँमा मिश्रित प्रगति भएको देखाएको हो । टीबी सँग सम्बन्धित मृत्युको सङ्ख्या सन् २०२२ को १३ लाख २० हजार बाट घटेर गत वर्ष १२ लाख ५० हजार भएको छ । तर, यो सङ्क्रामक रोग लाग्ने मानिसहरूको कूल सङ्ख्या ७५ लाख बाट बढेर ८२ लाख पुगेको छ ।
सबै नयाँ केस पत्ता नलाग्ने भए पनि डब्लूटीओको अनुमान अनुसार गत वर्ष करिब १ करोड ८ लाख मानिसलाई यो रोग लागेको छ । डब्लुएचओका प्रमुख टेड्रोस अधानोम ग्रेब्रेसियसले टिबी अन्त्य गर्न विश्व समुदायलाई गरेका ठोस प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरेका छन ।
प्रतिक्रिया