सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहन्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । 

नेपाल पत्रकार महासङ्घले आयोजना गरेको २०८१ सालको बडादशैँ, तिहार, छठपर्व र नेपाल संवत् ११४५ को अवसरमा आज काठमाडौँमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा  मन्त्री गुरुङले सुशासन कायम गर्न मिडिया निरन्तर लाग्नुपर्ने बताए । 

यसैगरी मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयकको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे । 

समाज तथा जनताको लागि काम गर्न सञ्चार जगत्ले सरकारलाई सुझाव दिनुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले सुशासनको पक्षमा पत्रकारले गम्भीररूपमा कलम चलाउनुपर्ने बताए । विद्युतीय अपराधलाई कडाइका साथ निगरानी गर्नुपर्नेमा मन्त्री गुरुङको जोड रहेको छ । 
 

प्रतिक्रिया