संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई अध्यक्ष दाहालको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन । आज सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरुलाई संसदभित्र आ–आफ्नो भुमिकालाई वृद्धि गर्न निर्देशन दिएका हुन । बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले शुशासन, समृद्धि र सामाजिक न्याय सहितको रुपान्तरणका लागि संसदमा भुमिकालाई बढाउनुपर्ने प्रधानमन्त्री दाहालको निर्देशन रहेको जानकारी दिए ।
बैठकले केही समयदेखि अबरूद्ध हुँदै आएको संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा सुचारू गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्षीसहित दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।सदन सुचारू गर्न ठोस छलफल गर्ने निर्णय बैठकले गरेको हो । बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय शिक्षा ऐन, संघीय निजामती कर्मचारी ऐन र प्रहरी समायोजन ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको जानकारी गराएका थिए ।
प्रतिक्रिया