नेपाल र बंगलादेशको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशालामा

काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल दशरथ रंगशालामा सुरु भएको छ । फाइनलमा घरेलु टीम नेपाल र बंगलादेश भिड्दैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि फाइनल खेल हेर्न रंगशाला आइपुगेका छन् । रंगशालामा दर्शकको बाक्लो उपस्थिति रहेको छ । नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको उपाधिको खोजीमा छ ।

अघिल्लो संस्करणमा पनि नेपाल र बंगलादेश भिडेका थिए भने नेपाल उपविजेतामा सिमित भएको थियो ।

प्रतिक्रिया