मैदानमा उत्रिए नेपाल र बंगलादेश, कसले चुम्ला उपाधि ?
काठमाडौं । महिला साफ साफ च्याम्पियनसीपको फाइनल खेल्न नेपाल र बंगलादेश मैदानमा उत्रिएका छन् । खेल अहिले ६:३० बजेबाट दशरथ रंगशाला त्रिपूरेश्वरमा सुरु भएको छ ।
नेपाली टोलीमा आज एक परिर्वतन भएको छ । बंगलादेशससँग भएको खेलमा रेखा पौडेलले रातो कार्ड पाएका कारण उनको स्थानमा सरु लिम्बुले खेल्ने भएकी छन् । अरु बंगलादेशविरुद्ध खेलेका खेलाडीलाई नै निरन्तरता दिइएको छ ।
नेपालले अहिलेसम्म महिला साफ म्याम्पियनसीपको उपाधि जित्न सकेको छैन । पहिलोपटक देशले उपाधि चुम्ने चाहना र कामना बोकेर खेलाडिसँगै हजारौं दर्शक रंगशालामा जम्मा भएका छन् ।
प्रतिक्रिया