डेंग संक्रमणबाट धरानमा थप एक जनाको मृत्यु
डेंगु रोगको संक्रमणबाट सुनसरीको धरानमा थप एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१४ की ३५ वर्षीया महिलाको डेंगी संक्रमणबाट मृत्यु भएको हो । ३५ वर्षीया महिलाको विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो । यो सँगै धरानमा डेंगु को कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । धरानका अधिकांश घरमा एकदेखि ९ जनासम्म बिरामी पाइएका छन । धरानमा मात्र डेंगु संत्रमितको संख्या २५ हजार नाघेको अनुमान गरिएको छ । धरान उपमहानगर र वडाहरुले सञ्चालन गरेको विभिन्न स्वास्थ्य शिविरमा जाँच गर्न आएका ५ हजार २ सय ४२ जनामध्ये ३ हजार २ सय १३ जनामा डेंगी पोजेटिभ रिपोर्ट देखिएको उपमहानगरले जनाएको छ । रोग नियन्त्रणका लागि केही समयदेखि धरानमा सचेतनामुलक कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन भैरहेका छन ।
प्रतिक्रिया