वीरताको गाथा गाएर मात्र समाजवादमा पुग्न सकिदैन् : अध्यक्ष दाहाल

काठमाडौैं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक कम्युनिस्ट पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । 

नेकपाका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको जन्म शताब्दी कार्यक्रमको अवसरमा बुधवार कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनमा लागेपछि आफूले गरेका राम्रा नराम्रा कामको समीक्षा गर्न आग्रह गरेका हुन् । 

‘कम्युनिस्ट पार्टीभित्र गम्भीर समीक्षा गर्नु आवश्यक छ । एक ठाउँमा बसौँ भनेर आदर्शका कुरा गरेर हुँदैन’, प्रचण्डले भने, ‘द्वन्द्वात्मक भौतिकवादी वस्तुवादी ढङ्गले गम्भीर समीक्षा हुनुपर्छ ।’

हरेक कम्युनिस्ट पार्टीले देश र जनताप्रति इमानदार भएर समीक्षा गरे आफ्ना कमजोरी पत्ता लगाउन सकिने उनको भनाइ छ ।

उनले कम्युनिस्ट आन्दोलनको वीरताको गाथा गाएर मात्र समाजवादमा पुग्न नसकिने भन्दै त्यसका लागि वैचारिक स्पष्टता चाहिने जिकिर गरे । 

अहिले पनि धेरै जनमत कम्युनिस्ट पार्टीमै रहेकाले इमानदारिताका साथ अगाडि बढ्नुपर्नेमा प्रचण्डले जोड दिए ।

कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या बोलाइ र गराइमा फरक भएको उनले स्पष्ट पारे । 

प्रतिक्रिया