गृहमन्त्रीको बिफ्रिङ- धनराज गुरुङमाथि पनि कारबाही हुन्छ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् ।

बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताएका हुन् ।

‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि पनि कारबाही हुन्छ ।’

प्रतिक्रिया