नेपाल–बंगलादेशबीच हुने फुटबलको फाइनल खेल तीन ठाउँमा लाइभ देखाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेश बीच  आज हुने फुटबलको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ ।

महानगरका अनुसार नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाइनेछ । आज बुधबार साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा नेपाल–बंगलादेशबीच फाइनल खेल हुँदैछ।

दशरथ रंगशालामा टिकटको बिक्री सकिसकेको छ। अनलाइनबाट बिक्री गरिएको टिकट रोकेर अखिल नेपाल फुटबल संघ (एन्फा)ले भौतिक रूपमै टिकट बिक्री गरेको थियो। टिकट किन्न बुधबार बिहान ३ बजेदेखि मानिसहरू लाइनमा लागेका थिए।

नेपाल र बंगलादेश दुबै उपाधि जित्ने होडमा छन् । 

प्रतिक्रिया