चीनद्वारा पहिलो महिला अन्तरिक्ष इञ्जिनियर सहित  शेन्झोउ–१९ अन्तरिक्ष यानको प्रक्षेपण

एजेन्सी । तीन जना युवा अन्तरिक्ष यात्री बोकेको चिनियाँ अन्तरिक्ष यान ६ घण्टाको यात्रापछि तियांगोङ अन्तरिक्ष केन्द्रमा पुगेको छ ।

यी युवा अन्तरिक्ष यात्रीहरूमा देशको पहिलो महिला अन्तरिक्ष इञ्जिनियर पनि समावेश छिन्। यो तियांगोङ चीनको आफ्नै अन्तरिक्ष स्टेशन हो ।त्यहाँ अन्तरिक्षयात्रीहरूले आगामी ६ महिनासम्म प्रयोग र अन्तरिक्ष पदयात्रा गर्नेछन् । चीनको लक्ष्य सन् २०३० सम्ममा चन्द्रमाबाट बिभिन्न अनुभव र जानकारी संकलन गरी चन्द्रमामा मानव पठाउने रहेको छ ।

चीनले शेन्झोउ–१९ अन्तरिक्ष यानको प्रक्षेपण सफल भएको बताएको हो । चीनको यो प्रयासलाई मध्यनजर गर्दै अन्तरिक्षको दौडमा आफ्नो प्रतिद्वन्द्वी अमेरिकालाई उछिन्न चाहेको बताइएको छ ।

करिब दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तरिक्ष उद्योगको विकास र चीनलाई अन्तरिक्ष शक्ति बनाउने सपना भएको बताएका थिए ।यस मिसनका पाइलट काई शुज हुन् । उनी अनुभवी छन् । तर सन् १९९० मा जन्मेका अन्तरिक्ष यात्रीहरूको नयाँ पुस्तासँग उनी यात्रा गरिरहेका छन्।

प्रतिक्रिया