कमलाले भनिन : तानाशाहहरुले ट्रम्पले जितेको हेर्न चाहेका छन्

एजेन्सी । अमेरिकामा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले भ्लादिमिर पुटिन र किम जोङ उन जस्ता तानाशाहहरु डोनाल्ड ट्रम्पले जितेको हेर्न चाहेको बताएकी छिन ।

बासिङटनमा आयोजित चुनावी सभालाई सम्बोधन  गर्दै उनले प्रतिस्पर्धी पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पबारे गम्भीर टिप्पणी गरेकी हुन । अमेरिका विश्वमा स्वतन्त्रताको च्याम्पियन रहिरहोस् भन्ने आफुले सुनिश्चित गर्ने ह्यारिसको दाबी छ ।

आगामी सात दिन अमेरिका लागि उत्कृष्ट अध्याय लेख्नको लागि पर्याप्त रहेको उनको भनाइ छ ।  सम्बोधनका क्रममा उनले मतदाताहरूलाई सन् २०२१को जनवरी ६ को हिंसाको बारेमा पनि स्मरण गराएकी छिन ।
 

प्रतिक्रिया