इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई प्रकाशमान सिंहको आग्रह
काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई आग्रह गरेका छन । काभ्रे बहुमुखी क्याम्पसको छैटौँ क्याम्पस सभालाई सम्बोधन गर्दै उनले इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई आग्रह गरेका हुन ।
मन्त्री सिंहले युवाले इतिहासको अध्ययन गरेर, त्यसको लेखाजोखा गरेर वर्तमान चुनौतीको सामना गर्दै सुन्दर भविष्य निर्माणमा अघि बढनुपर्नेमा जोड दिए । मन्त्री सिंहले पनौती १२ मा असोज दोस्रो साता आएको बाढीपहिरोले पुर्याएको क्षतिबारे अनुगमन गर्दै सरकार गम्भीर रहेको भन्दै पुनर्निर्माणको काममा जोड दिइरहेको बताए ।
उनले बनेपा नगरपालिकाले आयोजना गरेको नगर स्तरीय छैठौं अन्तर विद्यालय रनिङ्ग शिल्ड प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन ।
प्रतिक्रिया