सेवा लम्सालको नाम  बेल्जियमका लागि  राजदूतमा अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले  सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन भएको छ ।  

बुधबार बसेको बसेको  समितिको बैठकले लम्सालको नाम सर्व सम्मतिले अनुमोदन गरेको हो ।  अनुमोदन अघि समितिको बैठकमा  उनले पर्यटन प्रवर्द्धन, उच्च आय र मर्यादित रोजगारीका अवसरहरूको खोजी गर्ने आफ्नो कार्ययोजना सुनाएकी थिइन् । 

लम्सालले आफ्नो कार्ययोजना पेश गर्दै आफ्नो नाम समितिबाट अनुमोदन भए दुई देशको सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने बताएकी थिइन् । परराष्ट्र सचिव समेत रहेकी लम्सालले अब बेल्जियमको राजदूतका साथै युरोपियन युनियनका लागि नेपालको  प्रतिनिधि भएर काम गर्नेछिन् ।उनी पहिलो नेपाली महिला परराष्ट्र सचिव समेत हुन् । 

प्रतिक्रिया