देशभर प्रकोपको रुपमा फैलिदै आँखा पाक्ने रोग

आँखा पाक्ने रोगको सङ्क्रमण देशभर प्रकोपको रुपमा फैलिएको छ । उदयपुर, तनहुँ, चितवन, धनुषा, सिन्धुली, नवलपरासी लगायतका केही विद्यालय बन्द भएका छन् । प्रकोप फैलिएका ठाउँमा रहेका अस्पतालका डाक्टर र अभिभावकको आग्रहमा विद्यालय बन्द छन । काठमाडौंको तिलगंगा अस्पतालमा पनि दैनिक एक सय भन्दा बढी विरामी उपचारका लागि पुग्न थालेका छन । धेरै ठाउँमा प्रकोपको रुपमा सङ्क्रमण फैलिरहेकाले महामारी फैलिने खतरा रहेकाले सतकर्ता अपनाउन चिकित्सकको आग्रह छ । धेरै ठाउँमा प्रकोपको रुपमा सङ्क्रमण फैलिरहेकाले महामारी फैलिने खतरा रहेकाले सतकर्ता अपनाउनुपर्ने उनीहरुको भनाइ छ । यो रोगबाट जोगिन हातले आँखा नछुन, बारम्बार हात धुन र सङ्क्रमित बिरामीबाट टाढै रहनुपर्ने हुन्छ । सामान्यतयता यो रोग एकदेखि दुई हप्ताभित्र निको हुने गर्दछ । सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा चिकित्सकले औल्याएका छन ।

प्रतिक्रिया