नागढुङ्गा–नौविस ‘रेस्क्यू सुरुङ को आज ‘ब्रेक थ्रु’ हुने

नागढुङ्गा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ को आज ‘ब्रेक थ्रु’ हुने भएको छ । विसं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’ आज  खनिसकिने भएको छ । हिजो दिउँसोसम्म एक मिटरमात्र काम बाँकी रहेको थियो । आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ हुने सडक विभागले जनाएको छ ।  साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । दुई दशमलव छ किमी लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय छ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया