निषेधित क्षेत्र तोड्दा पक्राउ परेका रा.स्व.पा.का नेता-कार्यकर्ता रिहा
काठमाडौं । बालुवाटारमा प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता रिहा भएका छन् ।
पार्टी सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका सांसद अशोक चौधरीसहितका ५१ जना रिहा भएका हुन् ।
पक्राउ पर्नेमा ५१ जनामध्ये एक जना महिला र बाँकी सबै पुरुष रहेको प्रहरीले जनाएको छ । बालुवाटार घेराउ गर्न पुगेका उनीहरूलाई छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
रास्वपाले मंगलबार लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ मा रवि लामिछाने पक्राउ परेपछि रास्वपाले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ ।
प्रतिक्रिया