राजालाई ढुंगा हानेका हात यीनै हुन्, रास्वपा माथि घरपकड नगर्नुस् : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले शान्तिपूर्ण प्रदर्शनमा सरकारले बल प्रयोग गरेको बताएका छन् । 

बालुवाटामा जारी प्रदर्शनलाई सम्बोधन गर्दै उनले रास्वपाका नेता कार्यकर्तामाथि घरपकड भएको भन्दै आपत्ति जनाएका हुन् ।

‘हाम्रो अनुशासनलाई बुझ्नुस्, धेरै धाकधम्की नदेखाउनुस्, बल प्रयोग नगर्नुस्,’ उनले भने, ‘स्मरण रहोस्, न्यायका लागि हिजो राजाको प्रत्यक्ष शासन सत्तामा ढुंगा हान्ने हातहरू यिनै हुन् ।’

यो आन्दोदन कुनै व्यक्ति र पार्टीको लागि मात्रै नभएको बताउँदै उनले आफ्नो संघर्षको कार्यक्रम जारी राख्ने र लोकतान्त्रिक विधिबाट सरकारमा रहेकाहरूलाई खारेज गरिसकेको बताए ।

प्रतिक्रिया