कांग्रेस-एमाले र माओवादी भ्रष्ट: रा.स्व.पा. हावा, रा.प्र.पा. सुशासनको पक्षधर !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले उपनिर्वाचनमा राप्रपाले जित्ने बताएका छन् ।

पार्टीको कीर्तिपुर नगर कमिटील आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देश बर्बाद बन्न नदिने बताएका हुन् ।

उनले उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताए । तीन वटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरूले देशलाई बर्बाद बनाएको उनको आरोप छ ।

रास्वपालाई हावादारी पार्टीको संज्ञा दिँदै अध्यक्ष लिङदेनले भने, ‘उसको फेद के हो, टुप्पो के हो ? केही पनि थाहा छैन । कुनै अनुभव पनि छैन । भोलि उसले जित्यो भने के गर्छ ? त्यो पनि थाहा छैन । त्यसै विकल्प भनेर हावामा भोट दिएर फेरि बाँकी समय बर्बाद नगर्नुहोला ।’ 

उनले देश बर्बाद भइसकेको र फेरी पनि यो बर्बादीमा आफैँ सहभागी नहुन जनतालाई आग्रह गरेका छन् ।

लिङदेनले नेपालको राजनीतिमा भ्रष्टाचारको विरोधी र सुशासनको पक्षधर पार्टी राप्रपा बाहेक अन्य पार्टी नभएको दाबी गरे ।

अध्यक्ष लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहले नमूनायोग्य काम गरेको भन्दै उपनिर्वाचनमा जनताले साथ दिने बताए ।

प्रतिक्रिया